नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई राष्ट्रपति कार्यालय शितल निवासमा शपथ खुवाएकी हुन् ।

नयाँ मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवले कृषि तथा पशुपन्छी विकास मन्त्री, मोहम्मद इश्तियाक राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्री र प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति भण्डारीले पदको पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।



उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, राष्ट्रिय सभाका अध्यक्ष लगायतको उपस्थिति थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा सोमबार जसपाका मन्त्रीहरु हेरफेर गरेकी हुन् ।

 

सम्बन्धित समाचार