कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज (मंगलबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बस्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको असार २७ गते बस्ने बैठकको कार्यसूचीमाथि छलफल गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाको विधान परिमार्जन र पारित गर्ने सन्दर्भमा पनि छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।



त्यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने भए पनि अन्य समसामयिक एजेण्डाहरू पनि रहने बताइन्  । उनले विधान परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल हुने बताइन्  ।

 

सम्बन्धित समाचार