माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

आइतबारदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने र कार्यक्रम समापन गर्ने तय भएको थियो । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले आजका लागि तय भएको बैठक स्थगित भएको र बुधबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए।



यसअघि आइतबरको बैठकमा अध्यक्ष दाहालले १० पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । आइतबारको बैठकमा सात वटै प्रदेशका अध्यक्ष र सोमबार ४३ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए। बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्यूरोको चयन हुनुपर्नेलगायतका माग उठेको छ। सोही मागलाई सम्बोधन गर्ने ध्येयका साथ अधिकतम प्रयास गर्ने तयारीमा नेतृत्व लागि परेको नेताहरुले जानकारी दिएका छन् ।

त्यस्तै पदाधिकारी चयनलगायतका विषयमा सहमति जुटाउनका लागि अध्यक्ष दाहालको निवास खुुमलटारमा पार्टीका पूर्व स्थायी समितिको बैठक बोलाइएको छ । बैठक खुुमलटारमा जारी रहेको छ । संगठनको गृहकार्य गर्न र केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेबारे बैठकमा छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

सम्बन्धित समाचार