‘युवाको बुझाइमा संस्कृति–२०२२’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न

दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ द्वारा संयुक्तरुपमा आयोजित राष्ट्रव्यापी ‘युवाको बुझाइमा संस्कृति–२०२२’ (कल्चर थ्रु द आइज अफ युथ–२०२२) वक्तृत्व प्रतियोगिता २०७९ सम्पन्न भएको छ । प्रतिस्पर्धामा विजयी प्रतियोगीहरुको घोषणा काठमाडौंको टोखा–७ बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजको हलमा आयोजित विशेष कार्यक्रमबाट गरिएको थियो ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत प्रतिशा जोशी प्रथम, बुढानीलकण्ठ स्कूलमा अध्ययनरत दीक्षा उपाध्याय द्वितीय र सिड्स् फाइनान्सियलस् एकेडेमीमा अध्ययनरत पे्ररणा थापा तृतीय घोषित भएका छन् ।



त्यस्तैे नाइटिंगेल इन्टरनेशनल एकेडेमीकी ग्रेसी न्यौपान र साउथवेस्टर्न स्टेट कलेजकी सहारा सुबेदीले सान्त्वना स्थान हासिल गरेको जनाइएको छ । साथै प्रतियोगितामा विशेष पुरस्कार अश्विन अधिकारी (साउथवेस्टर्न स्टेट कलेज) र बमबहादर विश्वकर्मा (श्री त्रिनगर मा. वि., धनगढी, कैलाली)ले हासिल गरेका छन् ।

तीन चरणमा आयोजित सो प्रतियोगितामा मुलुकभरका ४६ विद्यालयका ९४ विद्यार्थीको सहभागिता रहेको थियो । युवाहरूलाई नेपाली संस्कृतिप्रति आकर्षक गर्न सो कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।

२०७९ वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिता पहिलो र दोस्रो चरण जुम मिटिङ्बाट भएको थियो भने अन्तिम प्रतियोगिता सहभागीबीच भौतिक उपस्थितिमा भएको थियो ।

उक्त कार्यक्रममा नेपालका लागि अस्टे«लिया र इजिप्टका राजदूत क्रमशः फेलिसिटी भोल्क, नोहा एच एल्गेबाली, डा. पल्वसा हैदर, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का डिजिई राजेन्द्र धोजू, डिजिएन राजेन्द्र मान शेरचन, दया फाउन्डेसनका अध्यक्ष राजेशबहादूर प्रधान, साउथवेस्टर्न स्टेट कलेजका प्रमुख तथा व्यवस्थापन विज्ञ डा. राजेन्द्र केसी, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. सविना भट्टराई, सम्झना खरेल, केशव सिग्देल, हरिकृष्ण लामिछाने, रमा कडेल, दिनेश मानन्धर, त्रिभुवनचन्द्र वाग्ले, अनु श्रेष्ठ, बदनलाल न्याँछ्यो, बादल प्रधान, कपिलदेव रेग्मीलगायत प्रतियोगी तथा विद्यार्थीहरुको बाक्लो उपस्थित रहेको जनाइएको छ ।

सम्बन्धित समाचार