कति सकियो नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ?

निर्माणाधिन नागढुङ्गा -सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको छ।

आयोजनाको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.५ प्रतिशत र समग्र प्रगति ५६ प्रतिशत छ। मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ । सुरुङ छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसिङ)को काम समेत तिव्रताका साथ अघि बढाएको हो ।



हालसम्म मुख्य, सहायक सुरुङ वर्किङ अडिट र क्रस प्यासेज गरी ५४ सय ९९ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरण आयोजनाले सार्वजनिक गरेको छ। आयोजनाको अघिल्लो महिना कुल भौतिक प्रगति ३७ प्रतिशत थियो । आजको कारोबार दैनिकमा समाचार छ ।

 

सम्बन्धित समाचार