अर्थमन्त्रीको विषयमा माओवादीले गर्यो यस्तो निर्णय

नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । आज(बुधबार) बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

अर्थमन्त्रीबारे तीव्र आलोचना हुँदै आएको भन्दै माओवादी केन्द्रले यस विषयमा एमालेसँग परामर्श गर्न लागेको हो । अर्थमन्त्री शर्मालाई बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै उनले अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा उक्त दिनको सीसीटीभी फुटेज पनि मेटाइएको आरोप लागेको छ ।



एमालले संसदमा सशक्त रूपमा कुरा उठाउँदै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ । यस्तै एमालेले आजको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्रीलाई बोल्न नदिने निर्णय गरेको छ ।

सम्बन्धित समाचार