प्रतिनिधिसभाको बैठक स्थगित (सूचनासहित)

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेको लागि बोलाइएको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठक १ बजेसम्म पनि बस्न नसकेकोले संसदीय सचिवालयका महासचिव डा भरतराज गौतमले सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिए । सूचनामा बैठक विशेष कारणले बस्न नसकेको उल्लेख छ ।



अर्थमन्त्री जनार्दन शर्माले आज बैठकमा आफ्ना कुरा राख्न भनेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठकमा अर्थमन्त्रीलाई बोल्न नदिने निर्णय गरेको छ । एमालेले बजेट निर्माणका विषयमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै राजीनामा माग्दै आएको छ । त्यस्तै अहिले पनि संसदमा रहेका प्रमुख दलहरुबीच यस विषयमा छलफल चलिरहेको छ । अर्थमन्त्री शर्मालाई बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै उनले अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा उक्त दिनको सीसीटीभी फुटेज पनि मेटाइएको आरोप लागेको छ ।

सूचना :

सम्बन्धित समाचार