आइतबार सार्वजनिक बिदा (सूचनासहित)

सरकारले असार २६ गते अर्थात् आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (बुधबार) गृह मन्त्रालयले एक सूचना जारी गर्दै आगामी आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ । २०७९ असार २६ गते आइतबारका दिन बकर इद पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले उक्त दिन बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।



‘नेपाल राजपत्रमा मिति २०७८/११/२६ मा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त पर्व मिति २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको लागी यो सूचना प्रकाशित गरिएको छ’ गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचना

सूचना

सम्बन्धित समाचार