नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार ।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
शर्माले छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको बताएका छन् । यसअघि आजै अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको थियो । उनले छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताए ।
उनले भने,’एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु ।’ ‘छानबिनका लागि मैले माार्गप्रशस्त गर्न आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’ शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।
त्यस्तै उनले अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा उक्त दिनको सीसीटीभी फुटेज पनि मेटाइएको आरोप लागेको छ । एमालले संसदमा सशक्त रूपमा कुरा उठाउँदै अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको थियो ।
यो पनि पढ्नुस :