मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले असार २१ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने, सरकारले पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने लगायतका निर्णय न्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।



यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय

पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय

सशस्त्र प्रहरी दास्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय

प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिष्ट्रेसन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने निर्णय

विभिन्न २३ जिल्लाका २ लाख २३ हजार ३३० गरिब परिवारको सूची सूचीकृत स्वीकृत गर्ने निर्णय

बागमती प्रदेश ट्राफिक प्रहरीलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगर स्थित शतनचुली सामुदायिक वनको कुल जम्मा ०.६ प्रतिशत ४६ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय

कर्णाली प्रदेशको प्रादेशिक सरूवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १२ सिन्चुस्थित राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

भाषा आयोगको पदमा डा. अम्मरराज गिरी, प्राध्यापक डा. कृष्णप्रसाद न्यौपाने, मातृकाप्रसाद पोखरेल, गोपालप्रसाद सराफ र अमृतयोञ्जन तामाङलाई नियुक्त गर्ने निर्णय

विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय

नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा गोकर्णप्रसाद सिटौलालाई नियुक्त गर्ने निर्णय

नेपाल प्रशासन सेवा सामूहिकीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गर्ने निर्णय

नेपाल कृषि तथा वन सेवा सामूहिकीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्त पदमा डा. दिपककुमार खराललाई पनि बढुवा गर्ने निर्णय

नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा प्रमुख कन्सल्टेन्ट अफटेटिसियन गाइनोकोलोजिष्ट डा.संगीता कौशल मिश्रलाई बढुवा गर्ने निर्णय

हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने निर्णय

वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय

विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजित बाँस्कोटालाई ल्याउने निर्णय

राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पद हालको बालबालिकासम्बन्धी नियमावली २०७८ मा नभएकाले वर्तमान कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गरी राष्ट्रिय बाल परिषद्को उपाध्यक्षसहित तीन जना सदस्यहरू र सदस्यसचिव नियुक्त गर्ने निर्णय

खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडिआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय

नेपाल प्रहरीको क्षमता विकास सहितको साइबर ब्युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय

हरित ग्यास उत्सर्जन न्यूनीकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ ऊर्जा प्रवर्द्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय

हरित तथा नविकरणीय ऊर्जा प्रवर्द्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४.५ मिलियन बराबरको आर्थिक प्राविधिक सहायता स्वीकार गर्ने निर्णय

२०७९ असार २४ देखि २६ गतेसम्म भारतको डिल्लीमा रि-फाइडिङ द फ्युचर विषय कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई सहभागी हुन स्वीकृत दिने निर्णय

संयुक्त राष्ट्र संघको आयोजनामा २०७९ असार २१ गतेदेखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इको सोक हाइलेभल फोरम र २९ देखि ३१ सम्म आयोजना हुने मिनिटेरियल सेग्मेण्टमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय

 

 

सम्बन्धित समाचार