पहिलो टी-२० खेलमा भारत विजयी

इंग्ल्यान्डविरुद्धको पहिलो टी-२० खेलमा भारत विजयी भएको छ । बिहिबार राति भएको खेलमा भारतले घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको हो ।

पहिलो टी-२० खेलमा भारत विजयी



साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डयले ५१ रनको अर्धशतकीय पारी खेले भने सूर्यकुमार यादवले ३९ रन बनाए । त्यस्तै दीपक हुडा ३३ रन बनाई आउट भए भने कप्तान रोहित शर्माले २४ रन जोडे । इंग्ल्यान्डका लागि क्रिस जोर्डन र मोइन अलीले समान २-२ विकेट लिए ।

पहिलो टी-२० खेलमा भारत विजयी

१९९ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रनमा समेटिएको थियो । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३६ रन बनाए भने ह्यारी ब्रोकले २८ रन जोडे । यस्तै क्रिस जोर्डन २६ रनमा अविजित रहँदा डेभिड मालनले २१ रन बनाए । भारतका लागि हार्दिक पाण्डयले ४ विकेट लिए भने अर्शदिप सिंह र युजभेन्द्र चाहलको भागमा समान १-१ विकेट रह्यो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । यी दुई टोलीबीचको दोस्रो खेल भोलि (शनिबार) हुनेछ ।

पहिलो टी-२० खेलमा भारत विजयी

पहिलो टी-२० खेलमा भारत विजयी

 

 

सम्बन्धित समाचार