प्रतिनिधिसभाको बैठक सुरु – LIVE

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (शुक्रबार) दिउँसो २ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

आजको बैठकमा विभिन्न विधेयक माथि छलफल हुनेछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन’ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने, सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



त्यस्तै बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

भिडियो –

भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

 

सम्बन्धित समाचार