नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने जनाएको हो ।
आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट यसै वर्ष अष्ट्रेलियाको ७ शहरमा आयोजना हुनेछ । टी-ट्वान्टी विश्वकप आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । टी-ट्वान्टी विश्वकप २०२२ सुरू हुन अब १०० दिन बाँकी रहेको छ । त्यसै अवसरमा शुक्रबारबाट विश्वकपको ‘ट्रफी टुर’ सुरु भएको हो ।
यसअघि नेपालमा सन् २०१८ मा २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याईएको थियो । टी-ट्वान्टी विश्वकप २०२२ को ट्रफी आगामी भदौ १४ र १५ गते (अगस्ट ३० र ३१ ) मा काठमाडौंमा राखिनेछ । ट्रफी नेपालको कुन कुन ठाउँमा पुर्याइने भन्ने बारे खुलाइएको छैन । ट्रफी विश्वको १३ राष्ट्रको ३५ शहरमा प्रदर्शनी गरिने आईसीसीले जनाएको छ । टी-ट्वान्टी विश्वकपमा १६ राष्ट्रको सहभागिता रहेको छ ।