नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
गृह मन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।
आज (शनिबार)बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार ३२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो । नेपाली प्रहरी, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार प्रहरी नियमावली २०७९ (संशोधन सहित) नियम २७ को उपनियम (४) अनुसार उनीहरूलाई बढुवा समितिको असार २५ गतेको निर्णयानुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
बढुवा सिफारिस हुनेहरूमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चर्तुवेदी, दानबहादुर कार्की, डा.मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य र अरुण पौडेललगायत रहेका छन् ।
यस्तो छ सूची :