नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन् । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।
भेटमा उनीहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन् ।
उनले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लिउले लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।