नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि नेकपा एमालेका नेता घनश्याम भुसाल खनिएका छन् । आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भुसाल नेपालमाथि खनिएका हुन् ।
उनले नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप लगाएका छन् । ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्’ भुसालले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यस्तै भुसालले केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा नेपाल पनि अगाडि रहेको भन्दै नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भूसालको आरोप छ । भुसालले २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेको थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न नसक्ने बताए ।
‘ओली (केपी शर्मा ओली)ले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा नेपाल पनि अगाडि रहेको तर, त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ,’ उनले लेखेका छन् ।
घनश्याम भुसालको स्टाटस जस्ताको त्यस्तै :
क . माधवको दोहोरो निती
कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।