पार्टी कार्यालय सानेपामा देउवाविरुद्ध नाराबाजी

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् । आज (सोमबार) सभापति देउवा पार्टी कार्यालय सानेपा प्रवेश गर्ने क्रममा कोइराला पक्षका विद्यार्थी र युवाले नाराबाजी गरेका हुन् ।

सभापति देउवा केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका हुन् । आन्दोलनरत विद्यार्थीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले देउवाविरुद्व विभिन्न नाराहरु लेखिएका प्ले-कार्डसहित प्रदर्शन गरेका हुन् ।



त्यस्तै शेखर पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै केन्द्रीय कार्यालय प्रवेशमा कडाइ गरिएको छ । अहिले केन्द्रीय कार्यालयको परिसर सानेपामा ठूलो संख्यामा सुरक्षाकर्मी समेत खटिएका छन् ।

सम्बन्धित समाचार