प्रचण्ड र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सीपिसी) का विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ । आज (सोमबार) ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा चिनियाँ नेता लिउ र प्रचण्डबीच भेटवार्ता भएको हो ।

 



विदेश विभाग प्रमुख लिउ अध्यक्ष दाहालकै निवास पुगी भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसालको पनि सहभागिता छ ।

भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।

सम्बन्धित समाचार