यस्तो छ बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको विस्तारित बैठक आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आज (मंगलबार) पार्टीको विस्तारित बैठकमा भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा उनले अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै पार्टीमा ६ समस्या देखेको दाबी गरे । भट्टराईले असार २८ र २९ गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् । यता अध्यक्ष यादवले भने असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन् । यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाडौंमा हुने बैठक वैधानिक नभएको दाबी गरेको छ ।



त्यस्तै उनले पार्टी एकीकरणका तीन वर्षसम्म नेतृत्वले कांग्रेस र कम्युनिस्टको विकल्प बन्नेभन्दा क्षेत्रीय दलमै सीमित हुने चाहना राखेको बताएका छन् । मन्त्री हेरफरदेखि नै पार्टीभित्रै तीव्र विवाद र असन्तुष्टि देखिएको सत्तारूढ जनता समाजवादी पार्टी फुटको सङ्घारमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच अन्तरकलह चर्किँदै गएपछि यस्तो अवस्था आएको हो । यस्तै उनले जसपाका बहुमत सदस्य आफूसँग रहेको दाबी गरे । बैठकमा ४६ प्रतिशत केन्द्रीय सदस्य उपस्थित रहेका छन् ।

यस्तो छ भट्टराईको राजनीतिक प्रतिवेदन :

सम्बन्धित समाचार