नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असार ।
नेपाली काँग्रेसले पार्टीका विभिन्न तह र निकायका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रस्ताव पेश गरेको छ । आज (मंगलबार) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा मर्यादाक्रम प्रस्ताव पेश गरेको हो ।
पार्टीभित्रको मर्यादाक्रमबारे विवाद भएपछि नेपाली काँग्रेसमा नयाँ मर्यादाक्रम निर्धारण गरिएको हो । काँग्रेसले पार्टी सभापतिदेखि साधारण सदस्यसम्म कांग्रेसले १२१ मर्यादाक्रम पेश गरेको छ । काँग्रेसको वरियतासम्बन्धी प्रस्तावमा १२१ तह निर्धारण गरिएको हो ।
मर्यादाक्रमका पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पार्टी विधानले व्यवस्था गरेको पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी गरिएको मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पद गरी ४ आधारमा तय गरिएको हो । पार्टीको पहिलो वरियतामा सभापति, दोस्रोमा पूर्व केन्द्रीय सभापति, तेस्रोमा प्रधानमन्त्री चौथोंमा पूर्वप्रधानमन्त्री, पाँचौंमा संसदीय दलका नेता, छैटौंमा केन्द्रीय पदाधिकारी, सातौंमा संसदीय दलका पूर्व नेता, आठौँमा केन्द्रीय पूर्व पदाधिकारी, नवौंमा केन्द्रीय सदस्य रहेका छन् । त्यस्तै मर्यादाक्रमको अन्तिम स्थानमा क्रियाशील सदस्य र साधारण सदस्य रहेका छन् ।
सूची