देउवा सरकारको एक वर्ष : यस्तो छ बालुवाटारले सार्वजनिक गरेको ४२ उपलब्धि (पूर्णपाठसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । आज (बुधबार) प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको हो ।

सर्वोच्च अदालतको परमादेशसँगै गत असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । देउवा नेतृत्व सरकारको एक वर्ष पूरा भएको अवसरमा बालुवाटारले सरकारको ४२ उपलब्धी सार्वजनिक गरेको छ । बालुवाटारले स्थानीय तहको निर्वाचन तोकिएकै रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको, पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको, प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै नागरिकलाई कोभिड-१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकता हुने उद्घोषसहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल भएको लगायतका ४२ उपलब्धिहरु सार्वजनिक गरेको छ ।



देउवा सत्ता गठबन्धनमा रहेका काँग्रेस बाहेकका ४ दलको समर्थनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई विस्थापित गर्दै देउवा प्रधानमन्त्री चुनिएका थिए । उनी प्रधानमन्त्री हुँदै गर्दा जनताका अपेक्षाहरू स्वाभाविक रूपमा बढेका थिए ।

यस्तो छ बालुवाटारले सार्वजनिक गरेको ४२ उपलब्धि

 

सम्बन्धित समाचार