यस्तो छ उपसभामुख पदको निर्वाचनको कार्यतालिका (सूचनासहित)

प्रतिनिधिसभाका उपसभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । आज (बुधबार) संसद सचिवालयले असार ३१ गते हुने उपसभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको छ ।



उक्त प्रस्तावको सूचना प्रतिनिधिसभाका सचिवसमक्ष दर्ता गर्नुपर्ने छ । त्यस्तै सोही दिन अपराह्न १ः३० बजे सङ्घीय संसद् भवनको सूचना पार्टीमा निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने सचिवालयले जनाएको छ । असार ३१ गते शुक्रबार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयको सूचनामा उल्लेख छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख पदको निर्वाचन यही असार ३१ गते शुक्रबारअपराह्न ३ बजेका लागि तोकिएको जानकारी दिँदै प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तत्काल उपसभामुखको निर्वाचन कार्यातालिका प्रकाशित गर्न निर्देशन दिएका थिए ।

यस्तो छ कार्यतालिका

सम्बन्धित समाचार