उपसभामुखमा पुष्पा भुसालद्वारा उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको उपसभामुखमा नेपाली काँग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् । आज (बिहीबार) प्रतिनिधि सभाको उपसभामुख पदमा सत्ता गठबन्धनको तर्फबाट भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थनमा नेकपा एकीकृत समाजवादी का समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी रहेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख पदको निर्वाचन यही असार ३१ गते शुक्रबारअपराह्न ३ बजेका लागि तोकिएको जानकारी दिएका थिए ।



यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइसकेको छैन । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद २०७६ माघदेखि रिक्त रहेको छ । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

 

सम्बन्धित समाचार