नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असार ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाटप्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । आज (बिहीबार) प्रतिनिधिसभाको उपसभामुख पदमा एमालेको तर्फबाट भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।
भट्टराईको प्रस्तावकमा एमालेकी सचेतक शान्ता र समर्थनमा सांसद कृष्णभक्त पोखरेल रहेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख पदको निर्वाचन यही असार ३१ गते शुक्रबारअपराह्न ३ बजेका लागि तोकिएको जानकारी दिएका थिए ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद २०७६ माघदेखि रिक्त रहेको छ । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।