एम‍‍.अधिकारीको विषयमा यसो भन्यो एमालेले (पत्रसहित)

प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम‍‍.अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नरहेको स्पष्ट पारेको छ । आज (बिहीबार) एमालेले एक पत्र जारी गर्दै एम‍‍.अधिकारी राष्ट बैंकको गभर्नर नरहेको स्पष्ट पारेको हो ।

एम. अधिकारीको विषयमा विभिन्न प्रश्न उठेपछि एमालेले अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ । यता राष्ट बैंकका गभर्नरले आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै असार २९ गते एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य नरहेको र  त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको बताएका छन् ।



‘त्यस पार्टीको अर्थ सम्बन्धी विभाग गठन भएको र सो विभागमा एम अधिकारी खोटाङ सदस्य रहेको भनी सोसियल मिडिया तथा अन्य सञ्चारमाध्यमबाट जानकारी भयो । उक्त नामसँग म नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई जोडेर म नै सो व्यक्ति रहेको भान हुने गरी समाजमा भ्रम सृजना भएको देखिन्छ । म सम्पूर्ण राजनैतिक दल र नेतृत्वको सम्मान गर्दछु । साथै, त्यस दललगायत कुनै पनि राजनैतिक दलको सदस्य नरहेको व्यहोरा समेत अनुरोध गर्दछु । यसरी राजनैतिक पार्टीमा आवद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुने पार्टी विशेषको कुनै समितिमा रहने, बस्ने भन्ने बाहिरको विषय हुँदाहुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले सृजना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु,’ गभर्नर अधिकारीले एमालेलाई लेखेको पत्रमा भनिएको छ ।

त्यस्तै एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन् । ‘उपरोक्त विषयमा तपाईंको मिति २०७९/३/२९ को पत्र प्राप्त भै व्यहोरा अवगत भयो । तत् सम्बधन्म यस पार्टीको विधान बमोजिम केन्द्रीय विभाग गठन गर्दा अर्थ तथा योजना विभागमा उल्लेखित एम अधिकारी खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चारमाध्यमसमेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था छैन । तसर्थ, उक्त विगभामा उल्लेखित एम अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरो स्पष्ट गर्दछु,’एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले लेखेको पत्रमा उल्लेख छ । गभर्नर अधिकारीले पत्र पठाएपछि एमाले केन्द्रीय कार्यालयका सचिवले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाएका हुन् ।

पार्टीमा आवद्ध व्यक्ति गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् ।

पत्र

 

 

सम्बन्धित समाचार