नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असार ।
जनता समाजवादी पार्टीकी कार्यकारिणी तथा केन्द्रीय सदस्य रेणुकुमारी यादवले पदीय जिम्मेवारीमा नबस्ने निर्णय गरेकी छिन् । आज (बिहीबार) यादवले पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने निर्णय गरेकी हुन् ।
उनले वर्तमान अवस्थामा आफ्नो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको बताएकी छिन् । ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी(जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु’ उनले राजीनामा पत्रमा भनेकी छन् ।
यसअघि यादव भौतिक पूर्वाधार मन्त्री थिइन् । जसपाले मन्त्रीहेरफेर गरेपछि उनीअसन्तुष्ट रहेकी थिइन् ।