नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
उपसभामुख पदका लागि निर्वाचन हुँदैछ । आज (शुक्रबार) प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदको लागि निर्वाचन हुनेछ ।
उपसमुख पदको लागि निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले बिहीबार उम्मेदवारी दर्ता गराएका थिए ।
भुसाल को प्रस्तावकमा नेपाल माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृतकी लक्ष्मीकुमारी चौधरीले रहेकी छन् भने भट्टराईको प्रस्तावकमा एमालेका सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद २०७६ माघदेखि रिक्त रहेको छ ।