सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्ता गठबन्धनले सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो सहमति भएको हो ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शान्ति प्रक्रियाका बाँकी काम चाँडो सम्पन्न गर्ने गरी अघि बढाउने सहमति भएको बताए । उनले भने, ‘संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ, अब अघि बढ्छ ।’ बैठकमा कानून मन्त्री गोविन्द बन्दीले सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय समुदायको चासो समेतलाई सम्बोधन गर्ने गरी विधेयक मस्यौदा तयार भएको ब्रिफिङ गरेका थिए ।



बैठकमा सहमति जुटेसँगै बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकबाट उक्त विधेयक पारित गर्ने तयारी भएको बालुवाटार स्रोतले बताएको छ । उक्त विधेयक मन्त्रिपरिषद् बाट पारित भएपछि आजै प्रतिनिधि सभाको बैठकमा विधेयक पेश गर्ने तयरी गरिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरुको म्याद भोलिसम्म रहेको छ । यसै सन्दर्भको विषयमा आज गठबन्धनको बैठक बसेको हो ।

सम्बन्धित समाचार