उपसभामुख चयनको प्रक्रिया सुरु – LIVE

प्रतिनिधिसभाको दोस्रो बैठकमा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ। । आज (शुक्रबार) प्रतिनिधिसभाको दिउँसो ३ बजेबाट सुरु भएको बैठकमा उपसभामुख चयनको प्रक्रिया सुरु भएको हो।

उपसमुख पदको लागि निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिस्पर्धा हुनेछ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले बिहीबार उम्मेदवारी दर्ता गराएका थिए ।



भुसालको प्रस्तावकमा नेपाल माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृतकी लक्ष्मीकुमारी चौधरीले रहेकी छन् भने भट्टराईको प्रस्तावकमा एमालेका सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद २०७६ माघदेखि रिक्त रहेको छ ।

भिडियो –

भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

 

सम्बन्धित समाचार