नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ असार ।
स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियासँग खेल्दैछ । आज (शनिबार) हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । सिरिजमा नामिबियासँग यो नेपालको दोस्रो भेट हो ।
नेपाल आज नामिबियालाई पराजित गर्दै सिरिजमा दोस्रो जित निकाल्ने योजनाका साथ मैदान उत्रदै छ । नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । यद्यपि नामिबियालाई पराजित गर्न नेपाललाई त्यति सहज भने हुने छैन । यता नामिबिया पनि नेपाललाई पराजित गर्दै सिरिजमा दोस्रो जित निकाल्ने दाउँमा रहेको छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो । नेपालविरुद्ध जित निकालेको नामिबिया भने पहिलो खेलमा स्कटल्याण्डसँग ७७ रनले र तेस्रो खेलमा स्कटल्याण्डसँगै ३ विकेटले पराजित भएको थियो । आज नामिबियाविरुद्ध तेस्रो खेल खेल्न लागेको नेपालले चौथों तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल १८ खेलबाट १७ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने १७ खेलमा १६ अंक जोडेको नामिबिया छैटौं स्थानमा रहेको छ ।