राष्ट्रपतिद्वारा यी १३ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले १३ विधेयक प्रमाणीकरण गरेकी छिन् । शुक्रबार राष्ट्रपति भण्डारीले १३ विधेयक प्रमाणीकरण गरेकी हुन् ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभिन्न १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन् ।



उनले लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विधेयक प्रमाणीकरण गरेकी हुन् ।

प्रमाणीकरण भएका विधेयकका नाम र प्रमाणीकरण मिति यस प्रकार छन् :

१. लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक – २०७९/३/३१,

२. आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७९/३/३१,

३. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

४. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक – २०७९/३/३१,

५. नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक – २०७९/३/३१,

६. तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०७९/३/३१,

७. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

८. फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

९. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

१०. सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

११. औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

१२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१ र

१३ .रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०७९/३/३१

 

सम्बन्धित समाचार