नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ असार ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराइले पार्टी पुनर्गठन गर्ने निर्णय गरेका छन् । शुक्रबार एक वक्तव्य जारी गर्दै डा. भट्टराईले आफूहरुको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका हुन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले नयाँ पार्टी पुनर्गठनमा जुट्न पार्टी नेताहलाई अपिल गरेका छन् । पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, साङ्गठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको भट्टराईको भनाइ छ ।
उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताब्द्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजकनीतिक र अनतिक रुपमा आफू लगायत केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई पदमुक्त गरिएकोमा घोर भर्त्सना गर्दै अब पार्टी पुनर्गठनको विकल्प नभएको बताएका हुन् ।
‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९-३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिकरूपमा संघीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ। हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौं। यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरतरूपमा लागिरहनुभएका केन्द्रीय सदस्यहरूलगायत तहगतरूपमा सबै तहका नेता, कार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौं’ भट्टराईले जारी गरेको वक्तव्य उल्लेख छ ।
वक्तव्य