दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग (सूचीसहित)

जनता समाजवादी पार्टी (जसपा) का दुई जना केन्द्रीय सदस्य, एक जना प्रदेश सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन् । आज (शनिबार) पर्साको वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

केन्द्रीय सदस्य वीरेन्द्र यादव र टेकबहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, पार्टीका पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादव, जिरा भवानी गाउँपालिका संयोजक रजबली यादव, ठोरी गाउँपालिका संयोजक रामबहादुर पाख्रिन लगायतले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।



‘देश र समग्र जनताको परिवर्तनका साथै नेपाली आदिवासी, जनजाति, मधेसी, दलित, थारु, पिछडावर्ग, सिमांकृत वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने महान उदेश्यका साथ पार्टीको जन्म भएको यथार्थलाई उल्टाउँदै तिनका यतार्थहरुलाई बिर्सदै यस पार्टीमा पार्टीमा स्वच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको, जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरू चंगुलमा पार्टी डुब्दै गएको’ आरोप लगाएका छन् ।

यसअघि वीरगञ्जमा बसेको जसपा उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई पार्टीबाट निष्कासन गरेको थियो ।

राजीनामा पत्र :

दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग (सूचीसहित)

दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग (सूचीसहित)

दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग (सूचीसहित)

 

सम्बन्धित समाचार