नेपाल आज स्कटल्याण्डसँग खेल्दै

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथों तथा अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ । आज (आइतबार) हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । सिरिजमा यी दुई टोलीबीचको आज दोस्रो भेट हो ।

नेपाल आज स्कटल्याण्डलाई पराजित गर्दै सिरिजमा दोस्रो जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने योजनाका साथ मैदान उत्रदै छ । यद्यपि बलियो टोली स्कटल्याण्डलाई पराजित गर्न नेपाललाई त्यति सहज भने हुने छैन । यता स्कटल्याण्ड पनि नेपाललाई पराजित गर्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिने दाउँमा रहेको छ ।



यसअघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल पुन: नामिबियासँग ६३ रनले पराजित भएको थियो । यता नेपालसँग पराजित भएको स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको थियो । नेपाल १९ खेलमा १७ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने २३ खेल मा ३२ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार