भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । आज (आइतबार) नयाँदिल्लीस्थित भाजपा कार्यालयमा प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो ।

अद्ग्यक्ष प्रचण्ड नड्डालाई भेट्न भाजपा कार्यालय पुगेका थिए । भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो । उक्त भेटमा भारतीय विदेशमन्त्री एस जयशङ्कर पनि उपस्थित थिए ।



भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

अध्यक्ष दाहाल भाजपा अध्यक्ष नड्डाको निमन्त्रणमा गत शुक्रबार नयाँदिल्ली गएका थिए । यसअघि प्रचण्डले शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले शनिबार भारतीय विदेशीमन्त्री जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । यस्तै प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित समाचार