नेपाल स्कटल्याण्डसँग पराजित (अंकतालिकासहित)

आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गत स्कटल्याण्डमा सम्पन्न त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको छ । आइतबर भएको खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।

स्कटल्याण्डको टिटउड ग्लासगो क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ ओभर ५ बलमा अलआउट हुँदै १२८ रनमा समेटिएको थियो । नेपालको लागि आसिफ शेखले ४० रन बनाए भने सन्दीप लामिछानेले २२ रन जोडे । त्यस्तै विनोद भण्डारी १३ रन बनाई आउट भए भने देव खनाल र रोहित पौडेलले समान १०/१० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । स्कटल्याण्डको लागि हाम्जा ताहिरले ४ विकेट लिए भने मार्क वाटले ३ विकेट लिँदा गाभिन मेनको भागमा २ विकेट रह्यो ।



१२९ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्याण्डको लागि कलुम म्याकलेओडले ६४ रनको अर्धशतकीय पारी खेले भने केली कोएट्जरले ४४ रन मा अविजित रहे । नेपालको लागि सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले समान १-१ विकेट लिए । जितसँगै स्कटल्याण्ड नेपालविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

यसअघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो थियो । सिरिजमा ४ खेल खेलेको नेपालले एक खेलमा मात्र जित हासिल गरेको छ । सिरिन अन्तर्गत नेपाल नामिबियाविरुद्धको दुवै खेलमा परजित भएको थियो । नेपाल २० खेलमा १७ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ भने २४ खेलमा ३४ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहँदा १८ खेलमा १८ अंक जोडेको नामिबिया पाँचौं स्थानमा रहेको छ ।

यस्तो छ अंक तालिका

यस्तो छ अंक तालिका

 

सम्बन्धित समाचार