नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।
गृह मन्त्रालयले नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।
आज (सोमबार)बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार ३४ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो । नेपाली प्रहरी, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार प्रहरी नियमावली २०७९ (संशोधन सहित) नियम २७ को उपनियम (४) अनुसार उनीहरूलाई बढुवा समितिको साउन २ गतेको निर्णयानुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
बढुवा सिफारिस हुनेहरूमा होम बहादुर थापा, दिपेन्द्र कुमार पाल, किरण प्रसाद न्यौपाने, केशर बहादुर कार्की, दुदिमाया लामा, सन्तोष कुमार पोख्रेल, महेश बस्नेत, देव बहादुर कुँवर, गोविन्द पन्थी, बिजय कुँवरलगायत रहेका छन् । ४८ जना डीएसपी रिक्त भएपनि २०७० सालपछि इन्सपेक्टरमा भर्ना भएकालाई बढुवा नगरिएको होप्रहरी प्रधान कार्यालयले जनाएको छ । १५ वटा दरबन्दी रिक्त राखेर प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची प्रकाशन गरेको छ ।
यस्तो छ सूची :