नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।
न्युजिल्यान्ड घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-२० खेलमा विजयी भएको छ । सोमबार राति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली आयरल्याण्डलाई ३१ रनले पराजित गरेको हो ।
आयरल्याण्डको बेलफास्टमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले अविजित रहँदै ६९ रनको अर्धशतकीय पारी खेले भने जेम्स निशमले २९ रन बनाए । त्यस्तै मार्टिन गुप्टिल २४ रन बनाई आउट भए भने माइकल ब्रेसवेलले २१ रन जोडे । आयरल्याण्डका लागि जोस लिटलले ४ विकेट लिए भने मार्क एडीयरको भागमा २ विकेट रह्यो ।
१७४ रनको लक्ष्य लिएर मैदान उत्रेको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १४२ रनमा समेटिएको थियो । आयरल्याण्डका लागि कुर्टिस काम्फरले २९ रन बनाए भने मार्क एडीयरले २५ रन जोडे । यस्तै जर्ज डोक्रेल १५ रन बनाई आउट भए भने पाउल स्ट्रर्लिङले १३ रन जोडे । न्युजिल्यान्डका लागि लक्की फर्गुसनले ४ विकेट लिए भने जेम्स निशम र मिचेल स्टानरको भागमा समान २-२ विकेट रह्यो । जितसँगै न्युजिल्यान्डले ३ खेलको टी-२० सिरिजमा १-० को अग्रता लिएको छ ।