प्रतिनिधिसभाको बैठक सुरु – LIVE

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बुधबार)संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यस्तै आजको बैठकमा , भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्ने र त्यसपछि उक्त विधेयक पारित गरियोस् भनी राईले नै प्रस्ताव प्रस्तु गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



त्यसैगरी बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

भिडियो –

भिडियो साभार -House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

यस्तो छ कार्यसूची

यस्तो छ कार्यसूची

सम्बन्धित समाचार