काँग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त

नेपाली काँग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका छन् । आज (बुधबार) देउवाले प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मालाई नियुक्त गरेका हुन् ।

बालकृष्ण खाँण गृहमन्त्री भएपछि प्रमुख सचेतक पद रिक्त भएकोमा यादव नियुक्त भएकी हुन् । त्यस्तै पार्टीको सचेतक रहेकी पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएपछि रिक्त रहेको सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।



यसअघि उपसभामुख भैसकेकी यादव हाल नेपाली काँग्रेसको कोषाध्यक्षको रुपमा रहेकी थिइन् भने विश्वकर्मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् ।

सम्बन्धित समाचार