नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुद्वारा राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै पुबुदुले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।

उनले व्यक्तिगत कारण राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गरेका छन् । मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नु पर्छ यो निर्णय मेरा लागि अहिलेसम्म कै कठिन रह्यो’ पुबुदुले भने । त्यस्तै उनले नेपाली क्रिकेट पहिलेको भन्दा धेरै बदलिएको बताए ।



पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । तर उनले मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै राजिनामा दिएका छन् । उनले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षक रहेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुले राजीनामा दिएको पुष्टि गरेको छ । उनले एक हाप्ताअघि नै नेपाल क्रिकेट सङ्घ (क्यान) लाई इमेल मार्फत राजीनामा बुझाएको जानकारी दिए । पहिलो कार्यकालमा सफल मानिएका पुबुदुको प्रशिक्षणमा नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्वकप खेलेको थियो ।

सम्बन्धित समाचार