नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।
आईसीसी एकदिवसीयतर्फको बलिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सोमपाल कामीले सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सोमपाल ८९ औं स्थानमा रहेका हुन् । यसअघि उनी वरीयताको ९० औं स्थानमा रहेका थिए ।
नयाँ वरीयतामा उनी एक स्थान माथि उक्लिएका हुन् । त्यस्तै बलिङतर्फ नै नेपालका कप्तान सन्दीप लामिछाने ३३ औं स्थानमा र करण केसी पनि ९२ औं स्थानमा यथावत् रहेका छन् । यस्तै एकदिवसीय ब्याटिङ वरीयतामा रोहित कुमार पौडेल यथावत् स्थान रहँदै ८१ औं स्थानमा रहँदा
आसिफ शेख १०० औं स्थानमा अटाएका छन् ।
यसैगरी आईसीसी टी-२० ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंहे ऐरी ४१ औं स्थानमा यथावत् आसिफ शेख ९५ औं स्थानमा उक्लिएका छन् । आसिफ यसअघि ९८ औं स्थानमा रहेका थिए । यता टी-२० बलिङतर्फ सन्दीप ३८ औं स्थानमा र अविनास बोहरा ३९ औं स्थानमा यथावत् रहेका छन् । यता आईसीसी टी-ट्वान्टी अलराउण्डर वरीयतामा दिपेन्द्र सिंह ऐरी नवौं स्थानमा रहेका छन् । उनी यसअघि पनि नवौँ स्थानमा रहेका थिए ।