नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।
दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले तामाङलाई दक्षिण अफ्रिकाकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई दक्षिण अफ्रिकाकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री दानबहादुर तामाङलाई दक्षिण अफ्रिकाकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति