नेपाल नागरिकता विधेयक, २०७९ माथि विचार गरियाेस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । आज (सोमबार) बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरेका थिए ।



उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषण गरे । राष्ट्रियसभाको अर्को बैठक साउन १२ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

सम्बन्धित समाचार