भिभोको नयाँ स्मार्टफोन भिभो वाई३० फाइभ जी सार्वजनिक, यस्ता छन् विशेषता

भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई३० फाइभ जी (Vivo Y30 5G ) लन्च गरेको छ । सुविधाहरूको बारेमा कुरा गर्दा, स्मार्टफोनमा मिडिया टेक डाईमेनसिटि ७०० चिप्सेट (MediaTek Dimensity 700 chipset ), ५,००० एमएएच (5,000mAh) ब्याट्री र ५० मेगापिक्सेलको डुअल रियर क्यामेरा सेटअप गरिएको छ ।

अन्य सुविधाहरूको बारेमा कुरा गर्दा, भिभो वाई३० फाइभ जी (Vivo Y30 5G )मा एचडी प्लस (HD +) रिजोलेसनको साथ ६.५१ इन्चको आइपीएस एलसीडी (IPS LCD ) स्क्रिन छ । कम्पनीका अनुसार यसको स्क्रिन टु बडी रेसियो ८९ प्रतिशत रहेको छ । स्मार्टफोनले एन्ड्रोइड १२ ओएस (Android 12 OS )मा आधारित फनटच ओएस १२ यूआई(FunTouch OS 12 UI )मा काम गर्छ ।



फोनमा १० वाट चार्जिङ सपोर्टको साथ ५,००० एमएएच ब्याट्री छ । फ्रन्ट, सेल्फी र भिडियो कलहरूको लागि ८ मेगापिक्सेल (8 Megapixel )क्यामेरा छ । स्मार्टफोनमा फेस अनलक पनि दिइएको छ । यसको पछाडी डुअल क्यामेरा सेटअप छ । प्राथमिक क्यामेरा ५० मेगापिक्सेलको छ । यसको साथमा २ मेगापिक्सेलको माइक्रो क्यामेरा रहेको छ । यो स्मार्टफोन भर्खरै थाइल्याण्डमा लन्च गरिएको छ । यसको बजार मूल्य लगभग ३० हजार पर्नेछ । स्मार्टफोनमा डुअल सिम, फाइभ जी, वाईफाई ८०२.११ एसी, ब्लुटुथ ५.१, युएसबी-सी पोर्ट र ३.५ एमएम हेडफोन ज्याक छ।

 

 

 

 

सम्बन्धित समाचार