नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।
प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (मंगलबार)दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।
आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै बैठकमा व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ माथि छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । माथिका विधेयकको छलफल पश्चात यी विधेयक आजै पारित गर्नका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
कार्यसूची