नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।
नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
लामो समयदेखि चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय रहेका केसी दुई वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् । केसीसँगै दीपक श्रेष्ठ, अरुणकुमार प्रधान, सुनीलकुमार पोखरेल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल र निर्मलराज ढकाल चलचित्र विकास बोर्डको अध्यक्षको दौडमा रहेका थिए ।
नेकपा एमालेमा रहेका केसी केही समयअघि मात्रै नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनलाई बोर्डको अध्यक्षको दावेदारको रुपमा हेरिएको थियो ।