नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।
सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई मास्क लगाउन आग्रह गरेका छन् । आज(मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सांसदहरुलाई मास्क लगाउन आग्रह गरेका हुन् ।
सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । ‘कोभिड–१९ को सङ्क्रमणदर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ, संसदका बैठकहरुमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन म आग्रह गर्दछु ’ सापकोटाले भने ।
बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाएका थिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।