चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

चीनले ६ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । आज (बुधबार)चीनस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह अन्तरिक्षमा पठाइएको हो ।

अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् ।



यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान–१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ ।

सम्बन्धित समाचार