नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज नभएको बताएका छन् । आज (बिहीबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने भन्दै वर्तमान निर्वाचन प्रणालीबाट जो प्रधानमन्त्री भए पनि निस्कने यही फोहर भएको टिप्पणी गरेका छन् । भट्टराईले पूर्वप्रधानमन्त्रीहरुलाई हराउने अभियानप्रति लक्षित गर्दै आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
भट्टराईले ट्विटरमा लेखेका छन्, ‘नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज छैन । तर दुई कुरामा ध्यानदिनु पर्ला- १.हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हैन! २.यो खिचडी संसदीय/निर्वाचन प्रणालीको थोत्रो मेशिनबाट जो प्रम भए पनि निस्कने यही फोहर हो; अतःप्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ न!’
बाबुरामको ट्विट